यो हप्ताभित्र सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ । सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार विस्तार गर्ने बताउनुभयो । कार्कीले ५७ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उहाँलाई समर्थन गरेका थिए। नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए ।

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनै पनि फैसला आफूहरुले मान्ने बताउनुभयो ।