सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा आफैँ हाजिर

काठमाण्डौ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबी नियन्त्रणमा रहेका छन् ।

राहुल सीआईबी नियन्त्रणमा रहेको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताउनु भएको छ ।

इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा मुछिएका उनले केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।

राहुलले फेसबुकमा लेखेका छन् , ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’,।

भन्सारको सामानमा राखेर भएको सुन तस्करीमा महरा बाबुछोराको नाम जोडिएको थियो । सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।