ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज (शनिबार) भएको खेलमा ललितपुरले काठमाण्डौलाई सात विकेटले हराएको हो । काठमाण्डौले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ ओभर एक बलमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

बलिङतर्फ ललितपुरकी किर्तिका मरासिनीले लगातार चार बलमा चार विकेट लिइन् । भोलि (आइतबार) पहिलो खेलमा ललितपुर ११ र सुदूरपश्चिम प्रदेशबीच तथा दोस्रो खेलमा कोशी र एपीएफबीच खेल हुनेछ ।