![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Nepal-Airlines-Corporation-NAC.jpg)
जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन
काठमाण्डौ । नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधीरशमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसा। जहाजको दायाँ इन्जिनमा समस्या आएपछि पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्री (आइएआई) मा मर्मतसम्भार गर्न पठाइएको थियो । आइएआइले सम्झौता अनुसार जहाजको इन्जिनमा आएको समस्या समयमै समाधान नगरेको र त्यसको विकल्पका अर्को इन्जिनको व्यवस्था नगरेको विषयमा छानबिन समिति गठन गरिएको हो ।
गठन भएको छानबिन समितिलाई १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको जानकारी दिनुभयो ।