मङ्गलबारसम्म तराई तथा पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । आउँदो मङ्गलबारसम्म देशका तराई तथा पहाडी भेगका केहि ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भू–भागका केही ठाउँ तथा पहाडी भू–भाग र तराई क्षेत्रका केहि ठाउँमा मेघगर्जनरचट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानन महाशाखाले जनाएको छ ।