सोमबार दोहोरो अङ्कले घटेको शेयर बजार आज ९मंगलबार० २ अङ्कले बढ्यो
काठमाण्डौ । सोमबार १५ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ ।
मंगलबार विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । मंगलबार हिमालयन लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) कम्पनीको शेयर भने छ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । आज तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको आठ करोड रुपैयाँ बराबरको शेयर खरिद÷बिक्री भयो ।