पार्टी फुटेपछि उपेन्द्र यादव र प्रधानमन्त्री दाहालको भेटघाट
काठमाडौं । नेपाल फर्किनासाथ जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको छ।
अमेरिकाबाट गएराति नेपाल फर्किनुभएको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नुभएको हो।
प्रधामन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले उहाहरुबीच भेटवार्ता भएको जानकारी दिनुभयो।
प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबार पुग्नुभएको छ ।
यादव अमेरिकामै रहेको बेला उहाको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्।