![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-07-130432.png)
खोटाङको लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित
काठमान्डौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् । बाख्रामा खोक्ने, नाकबाट सिँगान झार्ने, छेर्ने, धक्ने, घाँस–खोले नखानेजस्ता समस्या देखिएको स्थानीयले जानकारी दिएका छन । साविकको लफ्याङ–२, लफ्याङ–९ र लफ्याङ–३ का किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् ।
पकेट क्षेत्र विस्तारका क्रममा आयात गरिएका र रैथाने प्रजातिको बाख्रामा सङ्क्रमण फैलिएको हो । रोग फैलिएका बाख्रालाई नगरपालिकाले खोरमै पुगेर खोप दिने व्यवस्था मिलाएको थियो । कतिपय किसानले एग्रोभेटबाट औषधि किनेर खुवाइरहेका छन् ।
घरेलु विधि अपनाएर बाख्राको उपचार गरिरहेको किसानले बताएका छन् ।