जसपा मधेश संसदीय दलको बैठकमा अनुपस्थित भएका ३ जनालाई निगरानीमा राखिने

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि मधेश प्रदेशमा संसदीय दलको बैठक बसेको छ ।उक्त बैठकमा तीनजना सांसद अनुपस्थित भएका छन् ।

यस प्रदेशमा जसपाका १९ सांसद छन् । दलको बैठकमा सांसदहरू सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह नआएका हुन् ।

पार्टी विभाजनपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल गर्न दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय दलको बैठक डाकेका थिए ।

बैठकमा पार्टी फोड्न षड्यन्त्र गर्नेविरुद्व भर्त्सना गरिएको एक सांसदले बताए ।

अनुपस्थित तीनैजना सांसदको गतिविधि शंकास्पद रहेको विषयमा पनि बैठकमा छलफल भएको स्रोतको भनाइ छ । बैठकले अनुपस्थित उनीहरूलाई निगरानीमा राख्ने बताइएको छ ।