![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-05-215121.png)
गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा
काठमाण्डाै । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत पाउनुभएकाे छ ।
आज बसेकाे प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदकाे समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभएकाे हाे ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीकाे पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चकाे अदालतकाे आदेशअनुसार भन्दै अधिकारीले विश्वासकाे मत पाएकाे घाेषणा गर्नुभएकाे हाे ।
मुख्यमन्त्री अधिकारीले विश्वासकाे मतकाे विपक्षमा २७ मत परेकाे छ भने दुई जना सांसद तटस्थ बसेका छन् । तर कांग्रेसले भने सभामुखले संविधान विपरीत काम गरेकाे भन्दै नाराबाजी गरेकाे छ ।