![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/olampik-khel-1.jpg)
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाण्डौ । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ ।
यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालमा पहिलो पटक हुन लागेको हो ।
टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने छ ।
छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरियाताको शीर्ष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको उहाँको भनाई छ । प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र दुई महिला खेलाडीको सभागिता रहनेछ ।
यसमध्ये समान एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउने राजेन्द्र कपालीले जानकारी दिनु भयो ।