जापानी विदेशमन्त्री कामीकावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाण्डौ । नेपाल भ्रमणमा आउनु भएको जापानकी विदेशमन्त्री कामीकावा योकोले आजै दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्र अवलोकन गर्नुभएको छ । उहाँ आज दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको छ ।

कामीकावाले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गर्दै करिब आधा घण्टा बिताउनु भएको थियो । अवलोकनपछि उहाँले बुद्धको मूर्ति समेत खरिद गर्नु भयो । उहाँको साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत हुनुन्थ्यो ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।