सुनको मूल्य स्थिर रहँदा चाँदीको घट्यो
काठमाण्डौ । स्थानीय बजारमा आज आइतबार सुनको भाउ स्थिर छ । अघिल्लो कारोबार दिन शुक्रबारकै मूल्यमा आज सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।