![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-02-155604.png)
वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेलमा नेपालको सहज जित
काठमाण्डौ । नेपालले वेस्ट इण्डिज ए विरूद्ध सहज जित निकालेको छ।
अन्तिम खेलमा वेस्ट इण्डिज ए ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको लागि आशिफ शेख र अनिल शाहले अर्थशतक पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल १३ रनमा आउट हुँदा आशिफ ५१ र अनिल ५८ रन बनाएर आउट भएका थिए ।
आशिफ आउट भएर क्रिजमा आएका कशुल मल्लले अविजित ३७ रन बनाएर । त्यस क्रममा उनले ३ छक्का र ३ चौका प्रहार गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरी ५ रन बनाएर बाहिरिए । दीपेन्द्रको स्थानमा आएका कप्तान रोहित पौडेल विना बलको सामना अविजित रहे ।
बलिङतर्फ वेस्ट इन्डिज ‘ए’ का अबेड मक्वे एक्लैले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । त्यस्तै म्याथ्यु फोर्डले एक विकेट लिए ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्ज सर्वाधिक ३५ रनमा अविजित रहे । रोस्टन चेसले ३३ र जोन्सन चार्ल्सले २४ रन बनाए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोराले एक विकेट लिए ।
यससँगै वेस्ट इण्डिजले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको छ।