बूढानीलकण्ठबाट २१ किलो सुन बरामद
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ बूढानीलकण्ठ क्षेत्रमा कारबाही गर्दै उक्त सुन बरामद गरेको हो ।
प्रहरीले सुनसँगै केही व्यक्तिलाई समेत पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको पहिचान तथा उनीहरूबाट बरामद भएको सुनको स्रोतबारे भने प्रहरीले तत्काल विवरण सार्वजनिक गरेको छैन।
पक्राउ परेका व्यक्तिहरू र घटनाबारे थप जानकारी भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

