मदन भण्डारी कलेजको B.Sc. CSIT तेस्रो सेमेस्टरमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा सञ्चालित ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेकनोलोजी  तेस्रो सेमेस्टरका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित नतिजामा शतप्रतिशत  सफलता हासिल गरेका छन्।

कलेजका अनुसार यस सेमेस्टरमा परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूले उत्कृष्ट अङ्क ल्याई शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन्। प्राविधिक शिक्षाको क्षेत्रमा यस किसिमको शतप्रतिशत सफलताले कलेजको शैक्षिक गुणस्तर, कडा परिश्रम र व्यवस्थापन पक्षलाई थप उचाइमा पुर्याएको छ।

विद्यार्थीहरूको यस उल्लेखनीय र गौरवशाली सफलताको खुसियाली मनाउन कलेजले  एक विशेष कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यार्थीहरूको जाँगर, शिक्षकहरूको लगनशीलता र कलेजले उत्सव मनाएको हो ।

यस ऐतिहासिक उपलब्धिमा  सम्पूर्ण मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ थप उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरिएको छ।