जेठ १७ गते प्रतिनिधिसभामा संसदीय मर्यादा उल्लङ्घन भएकाे जाँचबुझ समितिको ठहर
काठमाण्डाै । गएको जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लङ्घन भएको ठहर गरेको छ ।
सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लङ्घनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिइएको छ ।
समितिले स्थलगत मुचुल्का, सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ १७ गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनीसमेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ ।

