वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता आवश्यक छ : अध्यक्ष ओली

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबीच कार्यगत एकताका आवश्यक रहेको बताउनुभएको छ।

मङ्गलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा उहाँले संयुक्त सङ्घर्ष जरुरी रहेको भन्नुहुँदै सो कुरा बताउनुभयो । अध्यक्ष ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता चाहिने बताउँदै विगतमा त्यो नदेखिएको बताउनुभयो । उहाँले ओलीले पार्टी पुनर्गठनको सन्दर्भमा निष्क्रिय रहेका पार्टी कमिटीलाई सक्रिय बनाउन पुनर्गठन गर्न सकिने बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीमा एकता, फेरि पनि एकता र अझ बलियो एकताको आवश्यकता रहेको भन्नुहुँदै पार्टीलाई अगाडि बढाउन के गर्नुपर्छ, त्यसदिशामा राय सुझाव दिन आग्रह गर्नुभयो ।