मदन भण्डारी मेमोरियल स्कुललाई चीन फाउन्डेसनद्वारा विद्युतीय गाडी हस्तान्तरण

काठमाण्डौ । गोकर्णेश्वर–८ बेसिगाउँस्थित मदन भण्डारी मेमोरियल स्कुललाई चीन फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट (सिएफपिडी) ले विद्युतीय इभी गाडी सवारी उपहारस्वरूप प्रदान गरेको छ।

May be an image of text that says 'Madan Bhandari Foundation मदनभणडारीफाउण्डंशन मदन भण्डारी फाउण्डेशन CFPO 中國和平发庫基金会 ChnaFaunditonfaPascsandDeign andDevelopment China Foundation Peace 捐赠者 电动公交车交付计划-2026 ELECTRIC BUS HANDOVER PROGRAM-2026 2026 Venue: Madan Bhandari Memorial School Date: June 18, 2026 រកទរ 日 A EMORIA EME 2042 ማዝኖስ ftae "Academic Excellence" MADAN BHANDARI MEMORIAL SCHOOL Besigaun, Gokarneshwor-08, Kathmandu, Ph: 01-5223019 01-52 mbmschool2061@gmail.com www.mbmschool.edu.np'

विद्यार्थीको सुरक्षित तथा वातावरणमैत्री यातायात सेवामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको उक्त विद्युतीय सवारी साधन मदन भण्डारी फाउण्डेसनका प्रतिनिधीहरुको रोहवरमा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

May be an image of text

चीन फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्टले शिक्षा क्षेत्रमा सहयोग तथा दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सवारी प्रदान गरेको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र धितालले धन्यवाद व्यक्त गर्दै विद्युतीय सवारीको प्रयोगले विद्यार्थीको आवतजावत सहज हुनुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

May be an image of text