भारतले नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति सुनिश्चित गर्ने

काठमाण्डौ । भारतले नेपालमा पेट्रोलियम आपूर्ति जस्तोसुकै कठिन परिस्थितिमा पनि सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा शनिबार यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

दुई देशको आवश्यकतामा सधैँ एकअर्काको साथमा रहेको बताउँदै उहाँले पेट्रोलिय आपूर्ति सुनिश्चित गरिएको उल्लेख गर्नुभयो । “हाम्रा दुई देशहरू आवश्यकताको समयमा सधैं एकअर्काको साथमा उभिएका छन् । पश्चिम एसिया, मध्य पूर्वमा जारी संकटको परिप्रेक्ष्यमा, हामीले नेपाललाई निर्बाध इन्धन आपूर्ति सुनिश्चित गरेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले रासायनिक मल पनि उपलब्ध गराउने उल्लेख गर्नुभयो ।