संविधान दिवसमा एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

​​​​​​​काठमाडौं – नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।

असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु भएको छ।

अध्यक्ष ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्नुहुँदै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको छ।