प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
काठमाण्डौ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ। आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजना उद्घाटन गर्ने छन्। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्। यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुने छन्।
यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ।

