कोशी र गण्डकीका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ ।  आज कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी प्रदेशको हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली साथै कोशी प्रदेशको पहाडी भेगमा आंशिक बादल लाग्नेछ ।

आज बिहान तराई, उपत्यका तथा खोँचहरूका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ ।