भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा
काठमाण्डौ । भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।
तराई, उपत्यका तथा खोँचमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
तराईसहित अन्य ठाउँको मौसम मूख्यतया सफा नै रहनेछ ।
कोशी र बागमती प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

