चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको ज्यान गयो

काठमाण्डौ । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ ।

सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ३० जनाभन्दा धेरै घाइते भएका र ३०० भन्दा धेरै घर तथा संरचना भत्किएका आपत्कालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको ।

सिजाङ क्षेत्रको नाग्छु शहरको बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्यूरोले उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चलिरहेको छ ।