तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको टिकट खुला
काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट खुला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले हिजो टिकट दर तय गरेसँगै ई–सेवामार्फत टिकट किन्न सकिने भएको हो । क्यानले लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय गरेको छ । साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको हो ।
यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ कायम गरिएको छ । तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि कीर्तिपुरमा शुरु हुँदैछ । एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

