युक्रेनद्वारा रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा ठूलो ड्रोन हमला
एजेन्सी । युक्रेनले रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा ठूलो ड्रोन हमला गरेको छ । रुसी अधिकारीहरूले हमलामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै मस्को क्षेत्रमा भीषण हमला गरिएको बताएका छन् । उनले युक्रेनी सेनाले रुसको महत्त्वपूर्ण तेल उद्योग केन्द्र र लजिस्टिक्स संरचनामा प्रहार गरेको बताएका छन् ।
जेलेन्स्कीका अनुसार ती संरचनाहरू रुसको युद्ध सञ्चालनसँग सम्बन्धित छन् । रुसी अधिकारीहरूले भने मस्कोतर्फ ठूलो संख्यामा ड्रोन आएको र अधिकांशलाई खसालिएको दाबी गरेका छन् ।
आक्रमणबाट भएको क्षति र हताहतीबारे दुवै पक्षका विवरण फरक छन् । पछिल्लो घटनाबारे थप विवरण आउने क्रम जारी छ ।

