प्रधानमन्त्री बाढी प्रभावित विदुरमा

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुग्नुभएको छ ।

प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर जानुभएको हो । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बस्नुभएको छ ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल हुनुहुन्छ ।
उहाँहरुलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनुभएको छ ।