मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध
काठमाण्डौ । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ ।
निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।

