कोशी, बागमती र गण्डकीमा अति भारी वर्षाको सम्भावना
काठमाण्डौ । आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
भोलि र पर्सी कोशी, मधेस, बामगती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने छ ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पर्सी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

