आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाण्डौ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा उपचार भइरहेको उनको ११ः३५ बजे मृत्यु भएको अस्पतालले बताएको छ ।

यसअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै गणेशको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो। उनको शरीरको ५५ प्रतिशत भाग जलेको थियो।