पश्चिम तराईमा अत्यधिक गर्मी : देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना
काठमाण्डौ । पश्चिम तराईमा अत्यधिक गर्मी र देशका अन्य पहाडी भूभागमा भने वर्षाको सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केहीदिन यता गर्मी कायमै छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँहरूमा आज पनि तातो लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा पनि वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका केही ठाउँ तथा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

