विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाण्डौ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
पौडेललाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ ।

