एमाले उपाध्यक्ष पौडेललाई अनुसन्धानका लागि काठमाण्डौ ल्याइयो
काठमाण्डौ । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइपुर्याएको छ । उहाँ व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ पर्नुभएको हो ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरेर प्रहरीले काठमाण्डौ ल्याएको हो । उहाँमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । तस्वीर: गोरखापत्र

