गण्डकी सरकारले चालु आर्थिक वर्षको भन्दा एक अर्ब बजेट बढायो
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ सय करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ ।
यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी हो । चालु आवमा सरकारले ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट ल्याएको थियो ।
आज प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रदेश सरकारको आय(व्ययको (अनुमान) विवरण प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।
बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड २६ लाख अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख अर्थात् ६०.६८ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड छुट्याइएको छ ।
खर्चको स्रोतमा आर्थिक मामिलामन्त्री शेरचनले नेपाल सरकार वित्तीय समानीकरणबाट ७ अर्ब ४ करोड ८२ लाख, राजश्व बाँडफाँट १० अर्ब १६ करोड ४७ लाख, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख, ससर्त अनुदान ३ अर्ब ९३ करोड, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गर्नुभयो ।
आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख अनि चालु आर्थिक वर्षबाट २ अर्ब मौज्दात भएको बताउनुभएको छ । उहाँले अपुग १ अर्ब ७५ आन्तरिक ऋणबाट पूर्ति गर्ने घोषणा पनि गर्नुभएको छ ।

