सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ
काठमाण्डौ । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन् । शुक्रबार राती साह जनकपुरबाट पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उहाँलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा साहले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।

