काठमाण्डौमा चिनिया सिनेमाको प्रदर्शन सुरू

काठमाण्डौ । हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ काठमाण्डौमा सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा विभिन्न चलचित्रको ट्रेलर प्रदर्शन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ ।

हिमालयन रिम फिल्म एक्जिविसनले आयोजना गरेको दुई दिने कार्यक्रममा चार वटा चिनियाँ चलचित्र प्रदर्शन गरिँदैछ ।

दुई देशको सांस्कृतिक तथा प्रविधि र एनिमेसन कला नवप्रवर्तन गर्ने उद्देश्यसहित आयोजना गरिएको क्रार्यक्रममा ‘ब्लेड्स अफ दी गार्जियनः वाइन्ड राइज इन दी डिजर्ट’, ‘दी लिजेन्ड अफ दी कन्डर हिरोः दी ग्यालेन्ट्स’, ‘दी मास्टर’ र ‘आइ एम ह्वाट आइ एम २’ प्रदर्शन गर्न लागिएको हो ।

 

चिनियाँ कराते र मार्सल आट्र्सलाई केन्द्रमा राखिएको यी चलचित्रबारे कलाकारहरुले चीनबाटै अनलाइनमार्फत् आफ्नो अनुभव र प्रदर्शनीको सान्दर्भिकताबारे धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न चिनियाँ निर्देशक, प्राध्यापक, कलाकार र विद्यार्थीहरुको उपस्थिति थियो । काठमाण्डौमा प्रदर्शनी सकिएपछि एक्जिविसनले पोखरामा पनि प्रदर्शन कार्यतालिका राखेको छ । गत वर्षबाट थालिएको उक्त प्रदर्शनीले दुई देशबीच कायम रहेको चलचित्र क्षेत्रको सहयोगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।