दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर

काठमाण्डौ । सरकारले सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा भट्ट र अग्रवालविरुद्धको अभियोगपत्र दायर भएका छन् । अभियोगपत्र अध्ययन भइरहेको विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीले जानकारी दिनुभयो । अदालतको टिमले अध्यययन पुरा गरेर अंग पुगेपछि मात्र दर्ता गर्छ ।