रास्वपा सभापति लामिछानेकोआह्वानमा ९ बजे सर्वदलीय बैठक बस्दै
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ ।

