“भूमिगत महिला” चर्चामा भण्डारीद्वारा महिला संघर्षको स्मरण

सुप्रिया राई, बैशाख ०३, काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक आन्दोलनमा महिलाको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै नयाँ पुस्तालाई त्यसबाट सिक्न आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्यायका विषय समेटिएको “भूमिगत महिला” पुस्तकको चर्चा कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा पार्टी प्रतिबन्धित अवस्थादेखि विभिन्न पात्रहरूले निर्वाह गरेको भूमिकालाई विशेषगरी महिला केन्द्रित रूपमा प्रस्तुत गरिएको चर्चा गर्नुभयो । उहाँले नयाँ पुस्ताले पुस्तक अध्ययनपछि कस्तो अनुभव गर्छ भन्नेबारे आफूहरू उत्सुक रहेको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले इतिहासले भविष्यलाई मार्गदर्शन गर्ने उल्लेख गर्दै वर्तमान पनि भोलिको इतिहास हुने भएकाले समयअनुकूल भूमिका निर्वाह गर्ने पात्रहरू सधैँ स्मरणीय रहने बताउनुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै आन्दोलनका क्रममा महिलाप्रतिको दृष्टिकोणमा केही असमानता रहेको प्रसङ्ग पनि उठाउनुभयो ।

May be an image of one or more people, dais and text

कार्यक्रममा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा भूमिगत महिला पुस्तकका संयोजक डा. विन्दा पाण्डेले पुस्तकको पृष्ठभूमिबारे जानकारी दिनुभयो । उहाँका अनुसार तात्कालीन समयमा ४९ जना महिलाहरूले पार्टीको औपचारिक निर्णयअनुसार भूमिगत भएर काम गर्नुभएको थियो । जसमध्ये पुस्तकमा २८ जनाको जीवन भोगाइ समेटिएको छ ।

May be an image of one or more people

एमालेका पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, एमाले नेतृ शान्ता मानवी, अखिलका सचिव तथा प्रवक्ता समिमबाबु खान, अखिलका पूर्वअध्यक्षद्वय आरती लामा र समिक बडाल, अखिलका पूर्वअध्यक्ष एवम् पूर्व सांसद नविना लामा र एमाले नेतृ उषाकिरण तिम्सिनाले पुस्तक पढेपछि त्यसमा समेटिएका महिला योगदान र संघर्षको चर्चा गर्नुभयो ।

May be an image of one or more people, people smiling, newsroom and dais

उहाँहरुले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्दै देशमा जनताको बोल्ने, लेख्ने, सभा संगठन गर्ने लगायत राजनीतिक हकका साथै वर्गीय मुक्ति, लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न महिलाहरुले खेलेको भूमिकाकोबारेमा प्रकाश पार्नुभयो ।

May be an image of one or more people and text

देशमा लोकतान्त्रिक प्रणाली ल्याउन अनेक दु:ख, कष्ट र निरङ्कुशताको सामना गरि भूमिगत जीवन बिताउने महिला योद्धाहरूको क्रान्तिकारी जीवनी समेटिएको “भूमिगत महिला” पुस्तक मोतीदेवी स्मृति केन्द्र काठमाडौँले प्रकाशन गरेको हो ।

May be an image of one or more people and dais

May be an image of one or more people and car