आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ । आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली क्षेत्रमा अहिले आंशिक बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाकाअनुसार आज, भोलि, पर्सि र मंगलबारसम्म नै यी क्षेत्रको हिमाली एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
बिहानपख उपत्यका र खोँचहरू तथा तराई भागका थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज बाँकी अरु सबै क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

