कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी एक /दुई ठाउँमा वर्षाको सम्भावना
काठमाण्डौ । आज कोशी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै बागमती र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ ।

