आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग
काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालत जानुभएको छ ।
बुधबार सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयसँगै केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन्।
सरकारको निर्णयपछि प्रहरी संगठनको नेतृत्व परिवर्तन भइसकेको अवस्थामा सर्वोच्च अदालतबाट आउने आदेशले कार्कीको पुनर्बहाली र नयाँ आईजीपी नियुक्तिको कानुनी वैधताबारे महत्त्वपूर्ण प्रभाव पार्न सक्नेछ।
अब सर्वोच्च अदालतले रिट दर्ता गर्ने वा नगर्ने र त्यसपछि सरकारको निर्णयमाथि कस्तो कानुनी परीक्षण गर्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।

