एनपीएलमा आज जनकपुर र काठमाण्डौ तथा कर्णाली र विराटनगर खेल्दै

काठमाण्डौ ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

एनपीएलमा जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डौ गोर्खाजले भने आज यस सिजनको पहिलो खेल खेल्दैछ । कर्णालीले प्रतियोगितामा विजयी शुरुवात गरिसकेको छ ।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

८ वटा टोली सहभागी प्रतियोगीता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।