राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन

काठमाण्डौ ।  नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्व र योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ ।

क्यानले सामाजिक सञ्जालमार्फत् पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो । पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा पौडेलको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैं गर्वको विषय बनेर रहने क्यानले जनाएको छ ।

हिजो मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । अब एकदिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन् ।