मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने

काठमाण्डौ ।  गएको शनिबारदेखि थप सक्रिय बनेको मनसुनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ ।

गए राति कोशी, बागमती र सुदूर पश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा गण्डकीको तनहुँ र कोशीको संखुवासभामा सबैभन्दा धेरै ५१ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।