प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक एडीबी का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच भेट भएको हो।
अध्यक्ष कान्डा एडीबीका उच्च अधिकारीसहित आइतबार राति काठमाडौं आइपुगेका थिए।
उहाँले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गर्नुभएको थियो ।

