मदन भण्डारीको ७५औँ हिरक जयन्तीको अवसरमा ‘बृहत् सांस्कृतिक साँझ’ आयोजना हुँदै

काठमाण्डौ। जननेता मदन भण्डारीको ७५औँ हिरक जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसन, नेपाल ले ‘बृहत् प्रगतिशील सांस्कृतिक साँझ–२०८३’ आयोजना गर्ने भएको छ।

कार्यक्रम आज साँझ ५ बजे काठमाडौंको प्रज्ञा भवन, कमलादी मा आयोजना हुनेछ। कार्यक्रममा प्रगतिशील सांस्कृतिक प्रस्तुति, संगीत तथा विविध सांस्कृतिक कार्यक्रममार्फत जननेता मदन भण्डारीको योगदानको स्मरण गरिने जनाइएको छ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा फाउण्डेसनले देशभर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत आयोजना हुन लागेको यस सांस्कृतिक साँझमा राजनीतिक नेतृत्व, बुद्धिजीवी, कलाकार, सांस्कृतिककर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने छ।