मदन भण्डारी कलेजको रजत वर्ष : योग अभ्यासबाट साताव्यापी विशेष कार्यक्रम सुरु

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २५ औँ वार्षिकोत्सव अर्थात् रजत वर्ष विभिन्न रचनात्मक कार्यक्रमका साथ भव्य रूपमा मनाउन सुरु गरेको छ ।

कलेजको स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित बहुदिवसीय विशेष कार्यक्रमको पहिलो दिन आज बिहान कलेज परिसरमा योग शिविरको आयोजना गरी उद्घाटन गरिएको हो ।

  

 

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीले शारीरिक, मानसिक र बौद्धिक सन्तुलनका लागि योग अत्यन्त आवश्यक रहेको बताउनुभयो। “हामीले हाम्रो रजत वर्षको खुसीयाली मनाउँदा मन, मस्तिष्क र शरीरलाई स्वस्थ राख्ने उद्देश्यले योगबाट औपचारिक सुरुवात गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रशिक्षक गम्भीर श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त योग सत्रमा कलेजका सहायक क्याम्पस प्रमुखहरू, विभागिय प्रमुखहरू, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

कलेजका अनुसार रजत वर्षका अवसरमा आयोजित विभिन्न कार्यक्रमहरू आगामी १४ गतेसम्म निरन्तर सञ्चालन हुनेछन् ।