नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक कारागार चलान

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।

आज मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको हो ।

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि जोडिएका थिए । तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अभियोग दायर गरेको थियो ।

गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित अख्तियारले मुद्दा चलाएको थियो ।

अदालतले ठहरे बमोजिम हुने गरी गौतमलाई थुनामा राख्न आदेश दिएको हो ।

अधिकारीलाई भने यसअघि नै कारागार चलान गरिसकिएको छ ।